🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सन् २०१८ को पहिलो दिन जन्मिए तीन लाख छ हजार शिशु !!

काठमाडौं, १८  पुस : सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । 

संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ)ले पुस १७ गते सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार शिशुमध्ये बङ्गलादेशमा मात्र आठ हजार ३७० (२.१७ प्रतिशत) शिशु जन्मिने अनुमान रहेको यूनिसेफद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । 

त्यसैगरी नवबर्षको पहिलो दिन भारतमा ६९ हजार ७०, चीनमा ४४ हजार ७६०, नाइजेरियामा २० हजार २१० पाकिस्तानमा १४ हजार ९१०, इन्डिोनेसियामा १३ हजार ३७०, संयुक्त राज्य अमेरिकामा ११ हजार २८०, कङ्गोमा नौ हजार ४००, इथियोपियामा नौ हजार २० र बङ्गलादेशमा आठ हजार ३७० शिशु जन्मिएको अनुमान यूनिसेफको तथ्याङ्कमा छ । 

यूनिसेफले जन्मेकामध्ये प्राय सबै शिशु स्वस्थ जन्मिने भएपनि कतिपय भने जन्मपश्चात नै मृत्यु हुने राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि काम गर्ने निकायले जनाएको छ । सन् २०१८ को पहिलो शिशु किरिबाटीको क्रिश्मस टापूमा जन्मिने छ भने अन्तिम शिशु अमेरिकामा जन्मिने छ, यूनिसेफको विज्ञप्तिमा छ ।  (रासस/सिन्ह्वा) 
–––