🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमर प्रेमका लागि चुरोट चढाउनुस् 

विश्वमा लाखौं जातजाति र धर्म परम्परा छ । जसको आ–आफ्नै रीतिरिवाज र प्रचलन रहेको छ । यस्तै भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउमा रहेको एक समाधिस्थलमा मानिसहरू चुरोट चढाउने गर्दछन् । खासगरी समाधिस्थलमा पूmल, अगरबत्ती, खादा चढाइन्छ तर यस समाधिस्थलमा भने चुरोट चढाइएको पाइन्छ । यो समाधि वेल्स नामक एकजना क्रिश्चियन सिपाहीको रहेको र यहा“ सबै धर्मका मानिसहरू आउने गर्दछन् । चुरोट बाबा नामले चर्चित वेल्सको समाधिस्थलमा आएर मानिसहरू चुरोट सल्काएर चढाउने गर्दछन् । लखनउको मुसावाग जहा“ वेल्सको समाधि छ त्यहा“ भारतीय स्वतन्त्रता पूर्व चाहिं अंग्रेज शासकहरू बस्दथे । सन् १८५७ को सिपाही विद्रोहका क्रममा त्यहा“को अंग्रेज सेनाको भवन ध्वस्त भएको थियो । त्यस विद्रोहमा क्याप्टेन वेल्स पनि मारिएका थिए । उनी चुरोट र रक्सीका एकदमै शौखिन थिए । यसै मान्यताका आधारमा त्यहा“ आउने मानिसहरू चुरोट चढाउने गर्दछन् । खबरका अनुसार, धेरैजसो प्रेमी जोडीको त्यहा“ भीड लाग्ने गरेको पाइन्छ । चुरोट बाबालाई चुरोट चढाएमा प्रेम कहिल्यै नटुट्ने मान्यता रहेको छ ।