काठमाडौं । नेपाल टेलिकमका सेवाहरू दिनहुँ कमजोर र कम गुणस्तरीय बन्दै गइरहेका सबैले महसुस गरेका छन् । मोवाइल बाहेक अन्य सेवाहरूका ग्राहक बढ्नुको सट्टा घट्दै जाँदा पनि कम्पनी व्यवस्थापन भने सानातिना कुरामा अल्झिरहेको गुनासो छ । सेवा कमजोर हुँदै जानु र आर्थिक आम्दानीको दर पनि कहालीलाग्दो ढंगले खस्क“दो अवस्थामा पुगेको भएपनि त्यहा“भित्र कामको जिम्मा नपाएर हाजिर गरी तलबभत्ता पकाउन वाध्य कर्मचारीको संख्या हजार भन्दा कम नरहेको बताइन्छ । त्यही टेलिकममा भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई खुरुखुरु बढुवा खाने र जिम्मेवार पदमा बसी एकरत्ति काम गर्न नजान्नेहरू पनि थुप्रै रहेको चर्चा कर्मचारी बृत्तमा हुने गरेको छ ।
स्रोतका अनुसार, सातौं तहका इञ्जिनियर प्रभुराम मौर्य, सातौं तहकै अर्का इञ्जिनियर सुनिल शर्मा र सातौ तहका श्यामदेव मेहता त यस्ता कर्मचारी केही उदाहरण मात्र हुन् । यी सबै जनाले नपढिकन भारतबाट आइएस्सी (प्रमाणत्र तह)को शैक्षिक प्रमाणपत्र लिएर आएको आरोप समकक्षीहरू कर्मचारीहरूको रहेको छ । मौर्य, शर्मा र मेहता प्राविधिक र पदले इञ्जिनियर भएपनि काममा यिनको दक्षता नभएको चर्चा कर्मचारीबीचमा हुने गरेको छ । कर्मचारी स्रोत भन्छ, यिनीहरू काम गर्ने दक्षता नभएका, नजान्ने र ठूला जानेका झैं कुरा गरी अहिलेसम्म जागिर पकाइरहेको आरोप लाग्ने गरेको छ ।
मेहता नेपाल टेलिकमको आयोजना कार्यान्वयन विभाग ग्वार्को युनिटको शाखा प्रमुख छन् । यसैगरी श्याम मेहता विराटनगर क्षेत्रीय निर्देशनालय अन्तर्गत कार्यरत छन् । मौर्य हाल परासी टेलिकमको कार्यालय प्रमुख रहेको बताइन्छ । मौर्यसँग त आईएस्सीका दुईवटा प्रमाणपत्र रहेको चर्चा पनि हुने गरेको छ । उनले शुरुमा पेश गरेको प्रमाणपत्रमा नक्कली भन्ने प्रष्ट खुल्ने अवस्था रहेकाले पछि अर्को ल्याई परिवर्तन गरेको स्रोतको दावी छ । स्रोतका अनुसार, नेपाल टेलिकम रेकर्ड शाखाका कर्मचारी र उच्चपदस्थलाई रिझाएर उनले पुरानो प्रमाणपत्र परिवर्तन गरी नयाँ समेत राख्न भ्याएका छन् ।
पहिले रेकर्ड शाखामै रहेका एक कर्मचारी भन्छन्, अधिकांश नक्कली शैक्षिक प्रमाणपत्रहरू हेर्दा नै चिनिने भएपनि तिनीहरूले कम्पनीका उच्चपदस्थ सम्बन्धित कर्मचारीलाई रिझाएका कारण कारवाही प्रक्रिया अघि बढ्न सकेको छैन । यी तीनैजना कर्मचारीले बढुवाका लागि अघिल्लो तहको शैक्षिक प्रमाणपत्र पनि नक्कली नै ल्याएर पेश गरेको आरोप छ । यो सबै कुरा थाहापाएर पनि टेलिकमकै सरोकारवाला उच्चपदस्थहरू केही जानकारी नपाए झैं कम्पनीलाई धराशायी बनाउनेतर्फ उन्मुख रहेका छन् । यस सम्बन्धमा केहीअघि रेकडै शाखाका मानिससँग बुझ्न खोज्दा एकले अर्कोलाई देखाउने र उसले कुरा नै गर्न नमान्ने अवस्था बन्यो । नेपाल टेलिकममा रहेको नक्कली शैक्षिक प्रमाण पत्रका वारेमा अख्तियार दुरुपयोग अनुसन्धन आयोगले सत्यतथ्य छानविन गरेर कारवाही प्रक्रिया अगाडि बढाउन नेपालकै सक्कली शैक्षिक प्रमाण पत्र भएका कर्मचारीहरूले माग गरेका छन् ।
अर्थात जेमन्त
– शरदराज गौतम
निर्वाचन आयोगमा राजपाको दल दर्ताको आवेदन
सिङ्गो मधेशको झरि र ब्ँँढीलाई उसको छाताले छेक्न
पुग्दो छ भनेर ब्ँोली हाल्ने अबस्था छैन ।
त्यसैले, यतिखेर राजपाप्रति मधेश मौन छ ।
डोमहरूको बस्तीमा आफ्ना पूर्खाले गरेका शोषण र विभेदप्रति क्षमा माग्दै
गोंसाई पूजन गरेको सामाजिक सञ्जालको फोटोको अर्थ बुझ्न
मधेशलाई कम्तीमा एक दशकले पुग्दैन ।
खण्डखण्डमा धाराब्ँँहिक बा“च्नु पर्दछ, तिनले ।
मधेशको चर्को शोषण, दमन र विभेदको खेल
सिंहदरबार र काठमाण्डौंतिर चोर औंला देखाएर एकथरि बुद्धिजीबी
आफ्नो गुल्चे लङ्गुरबुर्जा खेल चलाई रहेका छन ।
हार्नेहरूको सांस्कृतिक चेत खुल्ने बितिक्कै यो स्वाहा हुन्छ, सप्पैलाई थाहा छ ।
राजपाको दल दर्ताको आवेदनको अर्थ बुझ्न
मधेशीहरूलाई कम्तीमा आफ्नो एक जुनी फाल्नु पर्नेछ ।
वेदानन्दको गुमनाम मृत्यु आज कोही पनि सम्झिन चाह“दैनन् ।
अनिल झा एउटा गजेन्द्र नारायणको लाश कहिलेसम्म बोकि हिंड्छन, थाहा छैन ।
यो झगडा वेदानन्द र गजेन्द्र नारायणको संधियारमा गएर टुङ्गिदैन ।
न यो सांस्कृतिक चेतमा लागेको धमिरामा नै गएर सखाप हुन्छ ।
यसको चुरो मधेश र यसको सत्तामा गएर चर्किएको छ ।
र यसैलाई मधेशी बुद्धिजीवीहरू फ्राई गरेर खान्छन्
र, मधशी नेता ग्रेभी बनाउ“छन ।
मधेशमा ‘जनसंख्याको सरोकार’ बुई चढेर आएको विषय हो ।
बोक्नेले एउटा बिसौनीमा झारि दिने बित्तिक्कै नेताहरू ‘अनिकाले’ हुन्छन ।
‘हाम्रा नभएकाहरू’ बोकेर शिकार खेल्न निस्किएका आन्दोलनकारीहरूलाई
अन्त्यहीन संघर्ष र आन्दोलनबाट मिल्ने भनेको वेदानन्दको गुमनाम मृत्यु मात्रै हो ।
त्यसै पनि यतिखेर देशको ठूलो अभिमत
मधेशलाई अलग थलग पार्ने बोझिलो कुरा अस्वीकार गर्दछ ।
दोश्रो चरणको चुनाव पछि जनताले दिएको जनादेश
न त नेपाली का“ग्रेस लत्याएर हिंड्न सक्छ
न एमाले झुकेर ल्याप्चे लाउन नै तयार हुन्छ ।
मधेशको संविधान संशोधनको बिषयमा एमालेले महाकाली सन्धि नै ग¥यो भने पनि
जित्ने मधेश हुदैन, उसको का“धमा कुकुर बोकाउने मालिक नै हुन्छ ।
राजपाको दल दर्ताको बिषय यै कोक्ल्या“टो कुइनेटो हो, आजको दिनमा ।
गुमनाम मृत्यु बरणको पहिलो खुड्किलो ।
मधेश आन्दोलनलाई यो स्थितिमा पु¥याउने अरु कोई होइनन्
न कसैलाई दोषै दिन मिल्छ ।
मधेशको आप्रवासी आवरण यसको चुरो हो ।
जसलाई मधेशी ढालमा नेपालको पहिचानमा हिलो छ्याप्न खोजिन्छ ।
धानको गुभा फुट्ने र पाक्ने बेलासम्म मात्रै हो ।
राजपा आफैमा दुई नम्बरबाट दुई नम्बरी हुन बेर लाग्दैन ।
मधेशको मौनतालई बुझ्नेहरू यतिखेर सचेत मात्रै छन ।
सबका सब हिसाब अघनमा हुनेछ, हेर्नुहोला ।



