हालै फ्रान्सको राजधानी पेरिसमा एउटा रेस्टुरेन्ट खुलेको छ जहाँ कपडा लगाएर जान मनाही छ । यो रेस्टुरेन्टले ग्राहकलाई अनौठो अनुभव दिन चाहन्छ । खबरका अनुसार, फ्रान्सको सभ्यताको पेरिस शहरमा यस्तो प्रकारको यो पहिलो रेस्टुरेन्ट हो । विश्वमा यसरी छुट्टै पहिचान दिलाउने रेस्टुरेन्टका रचनाकार माइक र स्टेफन(४२) हुन् । योभन्दा पहिले यी दुई भाईले एउटा रेस्टुरेन्ट कम्पनीका लागि काम गर्दथे । कम्पनीको तर्फबाट पोलिसी बिक्री गर्दथे । तर, उनीहरू आफ्नै स्वामित्वमा केही गर्न चाहन्थे । लण्डन, मेलबर्न र टोक्योमा चलिरहेका यस्तै रेस्टुरेन्ट पेरिसमा पनि जुर्मुराउन चाहन्थ्यो । पेरिसमा पनि ना¨ो रेष्टुरेण्ट खुलेपछि त्यहाँको माहौल नै अर्कै भएको छ । त्यो रेष्टुरेण्टमा पस्नका लागि सबैभन्दा पहिले फोन क्लोकरुममा राख्नु पर्छ । कारण चाहिं कोही कुनै ग्राहकले पनि ना¨ो रेष्टुरेण्टभित्रको दृश्यको फोटो खिच्न नसकु्न् । ना¨ै भएका महिलाले भने आफ्नो हिल्स लगाउन सक्छन् । यहाँ आउने ग्राहकमध्ये ३० प्रतिशत महिला हुने गर्दछन् । यस रेस्टुरेन्टमा काम गर्ने स्टाफ भने कपडामै रहन्छन् ।



