प्रेममा कुनै पर्खाल हुँदैन भन्ने कुरा हालै यस घटनाले प्रमाणित गरेको छ । अमेरिकी बेहुला र मेक्सिकन बेहुलीले आफ्नो देशको सीमामा विवाह गरेर यो कुरा सावित गरेका हुन् । सन् २०१३ देखि हरेक बर्ष एकपटक अमेरिका र मेक्सिकाको बोर्डरमा बनेको यो फलामको ढोका खुल्ने गर्दछ । यो समय दुवै देशका परिवारजन भेटघाटका लागि सीमामा आउने गर्दछन् । कानूनतः सीमा पार गर्न भने पाइँदैन तर आ–आफ्नो देशको सीमामा रहने गर्दछन् । फलामको ढोका खुलेको समयमा दुई देशका जोडीले पनि विवाह रचाएका थिए । यस्तो अनौठो विवाहमा सिपाही तथा धेरै मानिसहरूले पनि साथ दिएका थिए । अब यी जोडीहरू के गर्छन् भन्ने कुरा रहस्यको विषय बनेको छ । यी आ–आफ्नो देश फर्केर कानूनी तरिका अपनाउँछन् वा के गर्छन् त्यो हेर्न बाँकी छ ।



