🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपन्नलाई न्यानो बाँड्दै सामाजिक संघ/संस्था

बनियानी, झापा, १८ पुस (रासस) : कठ्यांग्रिँदो पुसको जाडोमा विपन्नलाई न्यानो प्रदान गर्न झापामा विभिन्न सामाजिक संघसंस्था सक्रिय भएका छन् । 

जिल्लामा पछिल्लो समयमा विद्यालय र विपन्न बस्तीमै गएर न्यायो कपडा बाँड्ने क्रम बढेको छ । व्यक्तिगत तथा संस्थागत रुपमै स्वीटर, कम्बल, मोजा, टोपीलगायतका सामग्री प्रदान गर्न थालिएको हो । जन्मदिन, विवाह, आफन्तको स्मृतिको अवसरमा विपन्न बस्ती, वृद्धाश्रम, विद्यालयमा गएर सहयोग दिने क्रम बढेको छ । 

यस्तै, झापाको हल्दिबारी–४ जलथलमा सोमबार विपन्न तथा लोपोन्मुख सन्थाल समुदायका १२० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । 

काठमाडौँको असनमा मुख्य कार्यालय रहेको साइ बचत तथा ऋण सहकारी संस्था र स्वर्णिम सहारा परिवारको संयुक्त पहलमा न्यानो कपडा वितरण गरिएको हो । सामाजिक कार्य गरेर नयाँ वर्ष मनाउने योजनाअनुरुप सामग्री वितरण गरिएको स्वर्णिम सहाराकी अध्यक्ष प्रिन्सेस एञ्जलले जानकारी दिइन् । 

संस्थाले गत तिहारमा देउसी खेलेर संकलित रकममा थप सहयोग जुटाएर रु तीन लाख ५० हजार मूल्य बराबरको सामग्री वितरण गरिएको थियो । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनलगायतले न्यानो कपडा वितरण गरेका थिए । 

सांसद लिङ्देनले सामाजिक कार्यमा लागेका संस्थाले लक्षित वर्गमा राहत पु¥याएको भन्दै धन्यवाद दिएका  थिए । त्यस्तै, सन्थाल समुदायका बालबालिकाका लागि शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको थियो । 
–––