🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१३७ बर्षपछि छोरीको जन्म

चार पुस्तादेखि आफ्नो वंशमा छोरी नभएपछि छोरीको पर्खाइमा रहेको एक परिवारको लागि गत महिना सबैभन्दा खुसीको महिना रह्यो । हो, चार पुस्तादेखि छोरीको प्रतीक्षामा रहेको अमेरिकाको साउथ क्यारोलिनाका बिल सेटलको घरमा १३७ बर्षपछि गत महिना जुन २५ तारिखको दिन एक कन्याको जन्म भयो । बिल सेटलले आफ्नी छोरीको नाम कार्टर लुईस सेटल राखेका छन् । कार्टर नामले आफ्नी छोरीको दृढ इच्छाशक्ति राख्नमा सहयोग पु¥याउने विलको विश्वास छ । कार्टर लुईसको जन्मपछि यो परिवारमा आएको खुसीयालीले शहरभरि नै तहल्का मच्चाएको छ । बिल एक विज्ञापन कम्पनीमा व्यापार प्रवद्र्र्धकको रुपमा कार्यरत छन् । उनले राजमार्गको किनारमा आफ्नो छोरीको बधाई सन्देश सहितको होर्डिङ बोर्ड समेत लगाएका छन् । उनलाई शहरभरिबाट नै बधाई आइरहेको छ । ३८ बर्षे बिल र उनकी ३५ बर्षकी पत्नी केलेनकी पहिलो सन्तान हुन् कार्टर । छोरीको आगमनस“गै परिवारले अहिले धुमधामस“ग खुसीयाली मनाइरहेको छ ।