🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनियाको अर्को चमत्कार : रिचार्ज  सडक 

यो युग विज्ञान र आविष्कारको युग हो भन्नुस् । विज्ञानले अचम्मै गर्दछ भन्ने तथ्यका प्रस्तुत छ–कहिल्यै यस्तो सडक देखिएको थियो जहाँ इलेक्ट्रिक कार वा स्कुटर चलाउँदा चार्ज होस् । अब यो चीनमा सम्भव भएको छ । चीन हाल आफ्नो वैज्ञानिक प्रविधिमार्फत अनेकौं आष्किारलाई उचाईमा पु¥याउँदैछ । यसै सन्दर्भमा चीनले एउटा यस्तो सडक निर्माण गरेको छ जहाँ चल्ने सबै इलेक्ट्रिक कार तथा स्कुटर रिचार्ज हुने छन् ।

वायरलेस प्रविधिले यस्ता इलेक्ट्रिक कार रिचार्ज हुने भएका हुन् । यस प्रविधिले केवल गाडीको ब्याट्री मात्र चार्ज नगरेर यसको सम्पूर्ण डाटा पनि संकलन गर्दछ । चीनको पूर्वी शहर जिनानमा परीक्षणका लागि बनाइएको १ हजार ८० मिटर यस्तो हाइ वे को निर्माण बिल्डर कम्पनी कवाई ट्रान्सपोर्टेशन डेभलपमेन्ट गु्रप कर्पाेरेशनले गरेको हो । यो सडकबाट दैनिक करीब ४५ हजार साधन गुड्ने गर्दछन् । यसले केवल इलेक्ट्रिक वाहानमा केवल चार्ज गर्ने मात्र नभएर सडकमा लागेको बत्ती र ८०० घरलाई बिजुली आपूर्ति पनि गर्ने गर्दछ । यो सडक एक पावरहाउस भन्दा कम छैन ।  

यस सडकमा अत्याधुनिक प्रविधिबाट निर्मित पारदर्शी कंक्रीटको प्रयोग भएको छ । यसको सबैभन्दा तल सोलार प्यानल र धेरै सेन्सरहरू जोडिएको छ । यसको माथि पारदर्शी क्रंकीटले सोलार प्यानल तथा अन्य यन्त्रहरूको सुरक्षा गर्दछ । चीन सरकारको यो मान्यता छ कि सन् २०३० भित्र पूर्ण देशभरी नै करीब १० प्रतिशत साधन इलेक्ट्रिक, सेल्फ ड्राइभिङ र टेक्नोलोजीबाट सञ्चालित हुनेछन् ।