🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महामन्त्री डा शशांक कोइरालालाई लक्षित गरीे प्रेसर कुुकर बम

नवलपरासी, ८ मंसिर  :  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई मङ्सिर ८ गते  नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई झ्यालटङडाडांस्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिएका छन् । महामन्त्री डा कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्   ।

दुम्कौली सिजी शास्वत धामस्थित नेपाली काँग्रेसको प्रचारप्रसार कार्यालय नजिक मङ्सिर ८ गते  प्रेसर कुुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो । बम भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो बम नभइ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए । सो विस्फोटक पदार्थ कस्ले र किन राखेको हो यसबारे अहिले केही खुल्न सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।