🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किराँत वकर्स पार्टीले चुनावमा कांग्रेसलाई सघाउने

  ललितपुर, ८ मंसिर । किराँत जनवादी वर्कर्स पार्टी नेपालले यही मंसिर १० गते र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय समितिका अध्यक्ष साड.केन्मा किरातीद्वारा मंसिर ८  गते शुक्रबार जारी विज्ञप्तिमा सो कुरा जनाइएको हो ।

 विज्ञप्तिमा जनाइए अनुसार फरार भनिएका ६ जना कार्यकर्ताको मुद्दा फिर्ता लिने , ८ जना बन्दीलाई तत्काल रिहा गर्ने र दोहोरो भिडन्तमा मारिएका दुई योद्धालाई घोषणा गर्नेलगायतका माग पूरा गर्न नेपाली कांग्रेसको नेतृत्व सहमत भएकोले सो निर्णय गरिएको पार्टीले जनाएको छ ।

पार्टीले आफ्ना माग पूरा गर्न मध्यस्थको भूमिका खेलेकोमा नेपाली कांग्रेस पाँचथरका क्रियाशील सदस्य लक्ष्मण चेम्जोड.प्रति आभार समेत व्यक्त गरेको छ । किराँत वकर्स पार्टीको यस निर्णयले पूर्वी नेपालका ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सुनसरी, मोरङ्ग, सोलखुम्बु, ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगायतका जिल्लाहरुमा नेपाली कांग्रेसका उम्मेद्वारलाई थोरै भए पनि  लाभ हुनेभएको छ । यसबाट पहिलो चरणमा निर्वाचन हुने पूर्वी नेपालका नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई झनै सहज हुन गएको छ ।