🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्कुटर चोर तथा लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ

काठमाडौं, ८ मंसिर।  काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित गोपीकृष्ण पुल नजिकमा चोरी गरी लैजाँदै गरेको स्कुटरसहित २ जनालाई मङ्सिर ७ गते बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने ओखलढुङ्गाको धार्मा–१ का १७ वर्षीय निमा तामाङ र काठमाडौं बौद्ध बस्ने रामेछापको भटौली–२ का १७ वर्षीय सुजन भुजेल रहेका छन् । शंकास्पद रुपमा बा.४२ प ९३६५ नम्बरको स्कुटर डोर्‍याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले फेला पारी सोधपुछ गर्दा स्कुटर छोडी भागेपछि लखेटदै गएर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उक्त स्कुटर बौद्ध भाटभटेनीमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

दाङ : तुल्सीपुर उपमहानगरपालिका–३ राम्रीस्थित सडकमा भे.५ प ३४६५ नम्बरको मोटरसाइकलमा सवार बाँकेको नेपालगंज उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सुधिरकुमार पटहर र २६ वर्षीय बिहारीलाल लोधको ६० हजार रुपैयाँ र २ थान मोबाईल लुटपाटमा संलग्न ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लुटेरामध्ये ३ जनालाई घटनास्थलबाटै र भागी फरार रहेका ८ जनालाई पिछा गरी सोही उपमहानगरपालिका–३ दमारगाउँबाट प्रहरीले पक्राउ गरेको हो । लुटेराहरुलाई नियन्त्रणमा लिने क्रममा अस्थायी प्रहरी पोष्ट बेलुवा दाङमा कार्यरत प्रहरी जवान ललित केसी लुटेराले चलाएको रा.३ प १३१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकोले अंचल अस्पताल तुल्सीपुरमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर रिफर भएका छन् ।