🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजस्वमारा गुप्तालाई उन्मुक्ति दिन चलखेल

काठमाडौं । ५० करोड रुपैयाँ भन्दा बढी मूल्य अभिबृद्धिकर र दसौं करोड आयकर नतिर्ने ट्रान्सपोर्ट चलाउने विनोद गुप्तालाई उन्मुक्ति दिनेगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले सेटिङ मिलाइसकेको स्रोत बताउछ । गुप्ताले आफ्नो नाममा कम्पनी दर्ता नगरी ट्रान्सपोर्टमा काम गर्नेहरूको नाममा कम्पनी दर्ता गर्दै गुप्तरुपमा कारोबार गर्दैआएका थिए । गुप्ताको ट्रान्सपोर्टबाट धेरै ब्यापारीले तस्करीको मालसामान ल्याउने गरेका  थिए । 

तस्करीको सामानको भन्सार प्रज्ञापनपत्र हुँदैन । तर गुप्ताले  ब्यापारीसँग भ्याट लिने तर  आन्तरिक राजस्व कार्यालयमा भ्याट भने कहिल्यै नतिर्ने गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले एक महिनाअघि उनको ट्रान्सपोर्टमा छापा हानी सबै फाइल अनुसन्धानका लागि लग्यो । उनलाई समेत पक्राउ गरेको थियो । उनी अहिले हिरासतमा छन् । 

  विभागको अनुसन्धानमा गुप्ताले ५० करोड रुपैयाँभन्दा बढी भ्याट  र आयकर पनि दसौं करोड रुपैयाँ तिर्नुपर्ने देखियो । ५ बर्षसम्मको मात्र करको हिसाब हेर्न मिल्छ । ५ बर्षभन्दा अघिको हेर्न मिल्दैन ।  तर गुप्ताले दसौं बर्षदेखि भ्याट र आयकर नतिरी ट्रान्सपोर्ट ब्यवसाय गर्दैआएका थिए । दस बर्षदेखिको हिसाब गर्ने हो भने उनले अर्ब रुपैयाँ राजस्व नतिरेको निष्कर्षमा विभाग पुगेको छ । गुप्ता जेलमा छन् ।

विनोद गुप्ता र उनका भाइ दिनेशले विभागमा केस मिलाउन बीचौलियाहरूको खोजी गरे । बीचौलियाको खोजी गर्ने क्रममा उनले रुपेश पाण्डेयलाई फेला पारेको स्रँेत बताउछ । स्रँेतका अनुसार, पाण्डेयले राजस्व अनसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग गुप्ताको करकाण्ड सेटल गर्नका लागि डिल गरिसकेका छन् । गुृप्तालाई ३ करोड कर तिराउने र १५ करोड घुसबापत दिनेगरी उनले महानिर्देशक मैनालीसँग डिल गरेको स्रोतले बताएको छ । घुसको कारोबार विनोद गुप्ताका भाइ दिनेश गुप्ताले भारतमा गर्नेगरी पाण्डेयले कुरा मिलाइसकेका छन् । 

 स्रोतका अनुसार, पाण्डेयले मोविलाइजेसनका लागि १ करोड रकम गुप्तासँग लिइसकेका छन् । अदालतमा मुद्दा पेश गर्दा नै गुप्ताले तिर्नुपर्ने भ्याट र आयकर कम देखाउनेगरी सम्झौता पाण्डेयले गराइसकेका छन् । गुप्ताको भ्याटछलीको अनुसन्धानपछि कति कर तिर्नुपर्ने देखियो भन्ने जिज्ञासामा राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले भने, अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

भ्याटछली र आयकर छली अनि नेपालगंजबाट भन्सार नतिरी सामान ल्याएकोसमेत जोड्दा करोडौं रुपैयाँ छलेको देखिन्छ । एकीन रकम मुद्दा दर्ता गरिसकेपछि थाहा हुन्छ । सरकारी वकिलसँग सल्लाह लिइरहेका छौं । छिट्टै मुद्दा दर्ता गर्दैछौं ।  

को हुन् रुपेश पाण्डेय ?
 नेपाल प्रहरीका पूर्वएआइजी पाल बाराको एसपी हुँदा उनको सम्पर्कमा आएका रुपेश पाण्डे कुनै बेला म्यादी प्रहरीमा जागिर खान्थे । बीरगंजमा नक्कली प्रहरी बनी तस्कर ठग्दै आएका उनी सामान्य परिवारका हुन् । २७ बर्षको उमेरमै दुई श्रीमतीका धनी भएका उनको र पूर्वएआइजी पालको नक्कली नोटका कारोबारी बारा जीतपुरका इलतावसँग पनि थियो ।

एमालेका बरिष्ठ नेता माधव नेपालको घर अगाडिको घर खरिद गरी नेपाललाई समेत भजाउँदै प्रहरीको कालोधनलाई सिटीसेन्टर, लबिममल, न्यूरोड जस्ता ठाउँहरूमा स्टोर खोली देखावटी कारोबार गर्दैआएका छन् । पाण्डेयले गुप्ताको केस मिलाउनका लागि प्रधानमन्त्री केपी ओलीका सल्लाहकार अच्युत मैनालीको नाम समेत बेच्दैआएका छन् । मैनाली जस्ता इमान्दार नेतासँग तस्विर खिचाएर उनले प्रधानमन्त्रीसँग समेत पहुँच देखाउने गरेका छन् ।   

राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीसंग यसबारेमा बुझ्दा उनले ‘‘गुप्ताको मुद्दा अदालतमा दर्ता गर्ने अन्तिम चरणमा पुगेको’’ बताए । उनले, ‘‘केस मिलाउन कसैले डिल नगरेको’’ प्रतिक्रिया दिए । पाण्डेय थरका कुनै बीचौलिया गुप्ताको कुरा लिएर आफूकहँ नआएको पनि डीजी मैनालीले बताए ।

मैनाली को हुन् ?
राजस्व समूहमा कार्यरत कर्मचारी कमै इमान्दार हुन्छन् । त्यसमा पनि महानिर्देशक मैनाली सानालाई ऐन ठूलालाई चैन गर्नै सहसचिवका रुपमा चिनिन्छन् । उदाहरणका लागि नक्कली भ्याटबिलको छानबिन नै हो । जसको नेतृत्व मैनालीले गरेका थिए । नक्कली भ्याटबिलबाट सबैभन्दा धेरै राजस्वमार्ने उद्योगी, ब्यवसायीहरूलाई मैनालीले नै ढिसमिस पारी सानातिनालाई कारबाही गरेको इतिहास साक्षी छ ।

ओली सरकारले राजस्व समूहमा नेकपाका समर्थक थुप्रै सहसचिव हुँदाहुँदै झापा घर भएकै आधारमा मैनालीलाई महानिर्देशक बनाएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री हुँदा सुदूरपश्चिमका मात्र च्यापेको आरोप लाग्ने गरेको थियो भने ओलीमाथि झापा, मोरङकालाई मात्र अवसर दिने गरेको आरोप लाग्न थालिसकेको छ ।  (साँघु साप्ताहिक, साउन २८)