🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बारा प्रहरीद्वारा रातभर हवाई गोली फायर, दुई जना घाइते

काठमाडाैं ।  २०८० मंसिर ०४ गते राति २२:०० बजेको समयमा जिल्ला बारा पचरौता नगरपालिका वडा नं.०७ बेनौलीस्थित झण्डा मेला लगाउने विषयलाई लिएर साेही स्थानमा बस्ने गाउँका दुबै पक्ष गरी सैयौं मानिसहरू बिच उक्त विषयलाई लिएर वादविवाद भई ढुङ्गा मुढा हानाहान तथा झडप समेत भएको खबर छ ।  

ढुङ्गामुढा हानाहान तथा झडप पछि उक्त स्थानमा तत्काल जिल्ला प्रहरी कार्यालय बाराकाे प्रहरी टोली पुगेर हेर्दा अवस्था तनावग्रस्त रहेको भेटिएकाे बताइएकाे छ ।  

 बारा प्रहरीका अनुसार, साे स्थानमा ढुङ्गा मुढा हनाहानबाट  केही व्यक्ति घाईते समेत भएकोले झडपलाई सामान्य बनाउनको लागि साेही राति २३:०० बजेको समयमा बारा प्रहरीले २ (दुई) राउण्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर पारेकाे थियाे ।

  हवाईफायर पछि अवस्था समान्य बनाईए पनि, पुन:  साेही स्थानमा  २३:४५ बजेको समयमा दुबै पक्ष बिच एक आपसमा फेरि  ढुङ्गामुढा हानाहान हुँदा  राति पुन: ५ (पाँच) राउण्ड,  २३:५५ बजेको समयमा प्रहरीद्वारा १ (एक) राउण्ड गरी जम्मा ८ (आठ) राउण्ड गोली हवाईफायर गरी भिडलाई तितरबितर पारेकाे बताएकाे छ ।  

  बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार, तत्कालको लागि अवस्था समान्य बनाईएको र हालसम्म २ (दुई) जना व्यक्तिहरु ढुङ्गामुढा हानाहानबाट घाईते समेत भएका छन् ।

ढुङ्गामुढा हानाहानबाट घाईते हुनेमा जिल्ला बारा पचरौता न.पा. ७ बेनौली बस्ने वर्ष ४० को लक्ष्मी पटेल र  जिल्ला बारा पचरौता न.पा. ७ बेनौली बस्ने  वर्ष ४२ को चण्डीका पटेल रहेका छन् ।