🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त : शरदराज गौतम

एउटा डरलाग्दो विकारको सिकार छ, नेपालको केन्द्रीय शासनको केन्द्र काठमाण्डौं ।
काठमाण्डौं यसको सामाजिकताको कारण होइन, केन्द्रीय सत्ताको कारण
जहिल्यै बाँकी नेपालको साँखुल्ले हुन सकेन ।
काठमाण्डौं बाँड्दाबाँड्दा र बाँडिदाबाँडिदा तन्नम् भयो, तर कहिल्यै सरापिन छोडेन ।
सायद यसको यो ऐतिहासिक बिरासत हो पटकपटक आरिसेमा पर्दछ ।
सामन्ती चरम अहंकार ।
केन्द्रीय शासन प्रणालीमा सत्तारुढ हुन पाएको हुन्न 
एउटा पिलन्धरे, गरीब राजनीतिकर्मी पनि लुई चौधौं बन्छ ।
म नै राज्य हुँ ।
तुइन मुक्त नेपाल ।
हन, कसैले जबाब दिनु पर्दैन ? 
प्रधानमंत्री भएपछि हरेक सहबासमा सत्तारुढ राजनीतिकर्र्मी एकाघरकीलाई रानी सम्बोधन 
गर्दछ ।
नेपालमा केन्द्रीय शासन विधिबाट सर्वसाधारण पखालिए मात्र, 
तिनको जीवनमा गुणात्मक परिवर्तन आएन भन्ने निचोड थियो– नेपाली आन्दोलनहरूको ।
र, त्यसैको दुव्र्यसनमा धकेलिएको थियो, संघीयता ।
खासमा संघीयता काठमाण्डौंको समृद्धिको आँखो थियो ।
तर जब एउटा मध्यम वर्गीय राजनीतिकर्मी जनताको प्रचण्ड बहुमतमा प्रधानमंत्री हुन्छ
काठमाण्डौं फेरि पनि आरोपित बन्छ ।
उनले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय निर्माणको घोषणा गरे ।
जस्तो कि सातवटा प्रदेशका प्रतिनिधिहरू हाथमा दुना बोकेर बसेका थिए ।
तिनका प्राथमिकताहरूमा संवादसम्म चलाइएन ।
तिनका चरम चाहनाप्रति सम्मान पनि देखाइएन ।
प्रधानमंत्री घोषणा गर्दछन्, प्राविधिक शिक्षालय बनाउँछु ।
नेपालको समृद्धि अभियानको पहिलो आवश्यक्त थियो, त्यो ?    
र, कसले निकालेको निचोड थियो त्यो ?
कसको अनुसन्धानमा उल्लेख थियो ?
रामेछापको शिरानतिरको गाउँ बाम्तीबाट भण्डारतिर झरि रहँदा मलाई
भरखर रोपेको चियाबारीको बुट्ट्यानबीचमा
एकान्ती जीवन बिताई रहेकी बृद्धाको आँशुले पोल्यो । 
केले बिगा¥यो बाबु, यो नेपाललाई ?
साँच्ची भनूँ , मसित कुनै उत्तर थिएन ।
काठमाण्डौले कि बिरासतमा मिलेको सामन्ती अहंकारले ?
भरखर रोपेको चियाको बुट्ट्यानको समृद्धि छोडेर 
बैरोमा गएको छोराको वापसी चाहन्नन्, ती बृद्धा ।
तिनलाई एकसरो धाम पुग्दोछ, र एक सरो खोलाको पानी ।
बैरोका दुब्र्यसन मात्रै हो उनलाई बिझेको ?
लखेटी लखेटी सैन्य भर्ति गराइएकाहरू गाउँमा एउटो पनि भेटिन्नन् ।
गल्लावालहरूको लखेटोमा परेकाहरू थोरबहुत गाउँमा पीढी गफमा भेटिन्छन् ।
माओवादी लखेटोमा परेकाहरूको त गाउँमा विउ पनि भेटिन्न ।
चिलाउने रुखको सियाँलमा बसेकी बृद्धा मसित भन्छिन
को फर्के र गाउँमा, बाबु ?
प्राविधिक शिक्षालय ?
गाउँ पिच्छै जवाव तयार छ ।
खाडीमा पठाउने प्रशोधित ‘माल’ उत्पादन हुने कारखाना ।
नेपाली समाजमा सायद त्यसैलाई लिएर भनिएको हो ।
बाख्रीको पुच्छर काट्दा फाइदै फाइदा ।
कि केपी ओलीलाई 
कि नेपालको समृद्धिलाई ।