🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोक्ष कहिले ? 

एउटा मानिस हरेक दिन बिहान मन्दिरमा गएर प्रार्थना गर्दथ्यो कि मलाई मोक्ष चाहियो, हे प्रभु ! मलाई मोक्ष देऊ । हरेक दिनको उसको यस्तो गनगन सुनेर भगवान दिक्क भएर एकदिन प्रकट भएर भने– हरेक दिन तिमी मसँग मोक्ष माग्दछौ, लौ आज मोक्ष दिन्छु । त्यो व्यक्ति अन्योलमा प¥यो र भन्यो, अहिले नै मोक्ष, प्रभु † मेरो छोरा सानै छ, त्यो ठूलो होस्, त्यसको विवाह गरिदिउँ, त्यसपछि मोक्ष बक्सियोस् प्रभु ! त्यसो भए हरेक दिन किन मोक्ष मागेको त ? तुरुन्तै तिमीलाई मोक्ष चाहिएको होला भनेर म आएको भगवानले भने । छोराको विवाहपछि मोक्ष बक्सियोस्, अहिलेलाई यही आश्वासन दिए पुग्दछ, त्यो व्यक्तिले भन्यो ।

त्यसपछि भगवान अन्तरध्यान भए । त्यो व्यक्तिको छोराको विवाह भएकै दिन भगवान पुनः हाजिर भए र भने तिम्रो छोराको विवाह भयो, अव तिमीलाई मोक्ष दिन म आएँ । त्यो व्यक्तिले भन्यो–प्रभुले ज्यादै हतार गर्नुभयो, भर्खर त छोराको बिहे भएको छ, बुहारी पनि नयाँ छ, कमसेकम नातिको मुखसम्म त हेरुँ, त्यसपछि यो लोकबाट मोक्ष दिनुहोला । त्यो व्यक्तिको कुरा सुनेर भगवानले भने– नाति भएपछि फेरि त्यसको बिहे गरिदिउँ भन्लाउ, अनि पनातिको मुख हेर्छु भन्लाउ । यस्तो कुराले हुँदैन । भगवानको यस्तो कुरा सुनेपछि उसले भन्यो, त्यसो भए भइहाल्यो, मलाई मोक्ष चाहिएन । जुन दिन म मरुँला त्यसैदिन मोक्ष दिनुहोला ।