🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

काठमाडाैं । गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ।

सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् । 

गीत र संगीतमा सधैं रुचि राख्ने शिवाकोटीको यो सांगीतिक कोशेली ‘के लाई हतार’  गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । टिपिकल शब्द चयन र भाषा छनोटमा पोख्त शिवाकोटीको गीत निकै मार्मिक भएको आँकलन गरिएको छ ।