तपाईलाई थाहा छ, हाम्रो घरहरू मात्र होइन अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा समेत मुसाले वितण्डा मच्चाइरहेको छ । अमेरिकी राजधानी वाशिङ्टन डीसीमा मुसाले हैरान बनाइरहेको छ । खबरका अनुसार, हरेक पाँच फिटको औसत दूरीमा एक मुसा देखिने गरेको बताइएको छ ।
एक निजी समाचार संस्थाका संवाददाता जोन रोबर्टस्ले ह्वाइट हाउस भित्रको मैदानमा मुसा देखेको एक सामाजिक सञ्जालमार्फत जिकिर गरेका छन् । उनको यो पोस्ट भाइरल बनेको छ । योभन्दा पहिले पनि अमेरिकाको न्यूयोर्क शहरमा मुसाले पिज्जा खाइरहेको भिडियो चर्चामा आएको थियो । मुसाले न्यूयोर्कमा शहरमा पनि उत्तिकै दुःख दिएको थियो ।
ह्वाइट हाउसमा मुसा देखिएको खबरसँगै सामाजिक सञ्जालमा ह्वाइट हाउसको मजाक बनाइएको छ । डीसीको स्वास्थ्य विभागले मुसाको परेशानीबाट बच्न ठूलो मात्रामा रकम खर्च गरेको हुन्छ । यसका वाबजुद पनि मुसाको संख्यामा भने कमि आएको देखिंदैन ।



