एकपटक मदर टेरेसा मानव तथा सेवा धर्मलाई विस्तार गर्ने क्रममा कलकत्ताको एउटा गरीव वस्तीमा बस्न थालिन् । त्यहाँ रहँदाको एक रात टेरेसालाई कसैले भन्यो कि सँगैको झुपडीमा बस्ने एउटा हिन्दू परिवार खानाको अभावमा तीन दिनदेखि भोकै छ । यस्तो कुरा सुनेपछि मदर टेरेसाले आफूसँग भएको खाना एउटा थालमा राखेर त्यो झुपडीमा पुगिन् ।
त्यो भोको परिवारकी एउटी महिलाले सम्मानसाथ टेरेसाले दिएको खाना स्वीकार गरिन् । ती महिलाले थालको खानालाई दुई भागमा बाँडिन् र एक भाग खाना लिएर बाहिर निस्किन् । जव ती महिला बाहिरबाट फर्किन् उनलाई टेरेसाले प्रश्नवाचक दृष्टिले हेरिन् । महिलाले टेरेसाको मनोभावलाई बुझेर भनिन्–मदर, हाम्रो छिमेकी घरमा एउटा मुस्लिम परिवार बस्दछ ।
त्यो परिवार पनि हामीजस्तै तीन दिनदेखि नै भोको थियो । त्यसैले म आधा खाना त्यही परिवारलाई पु¥याएर आएकी हुँ । महिलाको यो कुराले मदर टेरेसाको मन विष्मयकारी आश्चर्य र सुखद् अनुभूतिले गदगद भयो । मदर टेरेसाले यो अनुभवको वर्णन एक ठाउँमा गर्दै भनेकी थिइन्, ती महिलाले अलिअलि खाना पनि आफ्नो भोको छिमेकीलाई बाँडेर वास्तवमा भगवानको असिम प्रेम अरुलाई बाँडेकी थिइन् । र, यही नै वास्तविक मानव धर्म हो ।




