🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जापानमा शक्तिशाली आँधी, आपतकालीन चेतावनी जारी

काठमाडौँ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ । 

आँधीले धेरै क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । जापानको क्योडो न्युजका अनुसार बिहीबार गामागोरीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसबाहेक २ जना घाइते भएका छन् । यस आँधीबाट देशभर १० लाख मानिस प्रभावित भएका छन् । सोही क्रममा ४० जनाभन्दा बढी घाइते भएका छन् ।

कागोसिमा प्रिफेक्चरमा विगत ४८ घण्टामा १ हजार १ सय मिलिमिटर वर्षा भएको मौसमविद्ले अनुमान गरेको छ, जुन यो वर्षको औसत वर्षाको झण्डै आधा हो । भारी वर्षाका कारण सत्सुमासेन्दाई सहर नजिकै पहिरो गएको छ ।

जापान सरकारले कागोशिमाका केही क्षेत्रमा स्तर ५ को आपतकालीन चेतावनी जारी गरेको छ । यो देशमा विपद्को समयमा दिइएको सबैभन्दा ठूलो चेतावनी हो। यसमा मानिसहरूलाई आफ्नो घरमा बस्न र तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। ट्रेनहरू रद्द गरिएका छन् । बस तथा अन्य सवारी साधन चलाउन रोक लगाइएको छ ।

लेभल ५ को चेतावनी जापानमा यसअघि तीन पटक मात्र जारी गरिएको थियो। जुलाई २०१४ मा ओकिनावा प्रिफेक्चरमा शक्तिशाली टाइफुन आएपछि पहिलो पटक यस्तो चेतावनी जारी गरिएको थियो । त्यसपछि अक्टोबर २०१६ मा पनि ओकिनावामा यस्तै चेतावनी जारी गरिएको थियो । यसपछि सेप्टेम्बर २०२२ मा क्युशु आइल्याण्डमा यो चेतावनी जारी गरिएको थियो । 

जापान एयरलाइन्सले बुधबार र बिहीबारका १७२ आन्तरिक उडान र ६ अन्तर्राष्ट्रिय उडान रद्द गरेको घोषणा गरेको छ । दोस्रो एयरलाइन्स एएनएले २१९ आन्तरिक उडान र चार अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । उडान रद्द हुँदा २५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । 

कुमामोटो र कागोशिमा बीच चल्ने बुलेट ट्रेन पनि रद्द गरिएको छ। कार निर्माता कम्पनी टोयोटाले जापानका आफ्ना १४ वटा कारखानामा आँधी कम नभएसम्म उत्पादन बन्द गरेको छ ।