🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ ।

खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ । जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ ।

हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन । ‘टर्कीबाट खटाइएको ड्रोनले जलेको  ठाउँको पहिचान र्गयो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’  अनादोलुले उल्लेख गरेको छ ।

२०८१ जेठ ६ गते आइतबार खराब मौषमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो ।