🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते

इस्लामावाद, १४ फागुन (रासस÷सिन्ह्वा) ः पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय प्रतक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो ।
 

घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । 

उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि शनिबार साँझ बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात आतङ्ककारीले सडक छेउमा रहेको बम प्रहार गर्दा दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए ।