🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तालिबानको आक्रमणमा चार सुरक्षा अधिकारीको मृत्यु

४ बैशाख (रासस/सिन्ह्वा) : तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताउनु भएको छ ।

 
 तालुकान  शहरको बाहिरी इलाकामा रहेका प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेका आक्रमण परी चार सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी अधिकारीले पुष्टि गरेका छन् । स्थानीय समयानुसार २०७८ वैशाख ४ गते  शनिबार बिहान १ बजे सो आक्रमण भएको थियो । 

यस आक्रमणको क्रममा तालिबान लडाकू समूहतर्फ पनि हताहत भएको तर यसको यकीन संख्या भने प्रष्ट  नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  तर  एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा यस आक्रमणको क्रममा तीन तालिबान लडाकू पक्राउ परेका र ती मारिनुको साथै अन्य तीन घाइते भएका बताएका छन् । तालिबानले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 
–––