🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी राष्ट्रपति बाइडेनले भने– ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ‘

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् । गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । 

राष्ट्रपति बाइडेनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यो स्पष्ट छ कि प्लालेस्टिनीहरुले पीडा भोगिरहेका छन् । तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौँ ।’

यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायता पुगेको पुष्टि गरेको थियो । गाजामा पुगेको सो सहयोग नै पहिलो मानवीय सहायता थियो । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।