🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामान्य प्रशासन मन्त्रालयमा पीएहरुको रजगज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सार्वजनिक कार्यक्रमहरुमा भन्ने गरेका छन्– मन्त्रालयमा बसेर नियमित काममा लाग्नै पाइन । सरुवा बढुवाको कुरामै अलमल भइरहेको छ ।’ 

हुन पनि मन्त्री जोशीलाई यति असजिलो छ कि सरुवा बढुवाको चाप र दबाबले उनकै सचिवालयमा शक्ति संघर्ष चल्न थालेको छ । मन्त्री जोशीलाई उनकै स्वकीय सचिव (पीए)हरूले बद्नाम गराउन उद्दत छन् । 

मन्त्रीका स्वकीय सचिवहरूले अनावश्यक चासो र शक्ति अभ्यास गर्न खोज्दा सरुवा बढुवाका लागि मन्त्रालयका सचिवसमक्ष मन्त्रीको सचिवालयबाट भन्दै अलग–अलग सूचीहरु पुग्न थालेका छन् । जसमा न त मन्त्रीलाई जानकारी हुने गरेको छ, न त रुची नै । 

त्यसो त मन्त्रीका स्वकीय सचिवहरू पनि मन्त्रीका आफ्नै मान्छे छन् । मन्त्रीको भतिजा दाबी गर्ने उपसचिव लवराज जोशी, मन्त्रीनिकट इन्जिनियर दिपक बोहरा र सहोदर छोरी कृषिकी अधिकृत चन्द्रा जोशीबीच सरुवाबढुवाका लागि शक्ति संघर्ष चलिरहेको छ । 

मन्त्रालयका एक कर्मचारीले भने, ‘सरुवाबढुवाले यति अफ्ठयारो छ कि मन्त्रीका पीएहरु तीन जनाले तीन वटा लिष्ट लिएर आउँछन् । सचिवज्यूले कसले भनेको मान्ने ? साह्रै असजिलो भएको छ । स्वकीय सचिवहरुको अनावश्यक चासोले मन्त्रीकै बद्नामी भइरहेको छ ।’

मन्त्री जोशीले यी नै शक्तिशाली पीएहरुका कारण पार्टीभित्र पनि आलोचना खेपिरहेका छन् । सरुवा बढुवामा पार्टीका नेताहरुले आफ्नो सिफारिसको कुनै महत्व नदिएको भन्दै उनको आलोचना गर्न थालेका छन् । 

मन्त्रीका स्वकीय सचिवहरुले सरूवामा रकमको समेत लेनदेन गर्ने, तर मन्त्रीलाई अनेक बहानामा कन्भीन्स गर्ने प्रतिस्पर्धा नै चलिरहेको मन्त्रालयका कर्मचारीहरु सुनाउँछन् ।