🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनले फेला पार्याे विश्वकै सबैभन्दा ठूलो सुनखानी, जसकाे मूल्य ८७ अर्ब डलर

बेइजिङ, ८ चैत । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ  किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । 

यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही प्रश्न पनि उठाइएको छ । 

तर यदि, चीनको यो दाबी सत्य साबित भयो भने यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो सुनको भण्डार हुनेछ, जुन दक्षिण अफ्रिकाको दक्षिणी गहिरो खानीभन्दा पनि ठूलो सुनको भण्डार हुनेछ ।

चिनियाँ माटोमा फेला परेको यो सुनको खजानाको मूल्य करिब ८३ अर्ब अमेरिकी डलर अर्थात ६०० अर्ब युआन रहने अनुमान गरिएको छ । जसका कारण चीनको अर्थतन्त्रलाई धेरै बल मिल्नेछ । यसबाहेक विश्वभर सुनको मूल्यमा पनि असर पर्न सक्छ ।

साइन्स अलर्टको रिपोर्टका अनुसार चीनको हुनान प्रान्तको भू–गर्भ ब्यूरोले पिङजियाङ काउन्टीमा २ किलोमिटर गहिराइमा ४० वटा सुन खानी फेला पारेको हो, जसमा करिब ३०० मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । तर, त्यसक्रममा थ्रीडी मोडलिङ प्रविधि प्रयोग गरे पछि ३ किलोमिटर गहिराइसम्म थप धेरै सुनको भण्डार फेला परेको जनाइएको छ ।

जसका कारण यो सुनको भण्डारको कुल तौल १ हजार मेट्रिक टनसम्म पुग्न सक्छ । हाल, हुनान प्रान्तको भूगर्भीय प्रकोप सर्वेक्षण र अनुगमन संस्थानका प्राविधिकहरूले पिङ्क्सियाङ काउन्टीमा रहेको सुन खानीबाट नमूनाहरू जाँच गरिरहेका छन् ।

हुनानको भूगर्भ ब्यूरोका अन्वेषक चेन रुलिनले एक विज्ञप्तिमा भने, ‘पिङ्जियाङ काउन्टीमा ड्रिलिङको क्रममा रक कोरमा सुन फेला परेको थियो । नमूनाहरू जाँच गर्दा प्रत्येक मेट्रिक टन अयस्कमा १३८ ग्रामसम्म सुन भेटियो ।’

विश्व सुनको उत्पादनमा करिब १० प्रतिशत योगदान दिने चीन विश्व सुन बजारमा पहिले नै अग्रस्थानमा रहेको छ । अब नयाँ सुन भण्डार फेला पारे पछि यस्तो अवस्थामा चीनको योगदान निकै महत्वपूर्ण हुन्छ । चिनियाँ विज्ञहरू अझ यो पनि विश्वास गर्छन् कि धेरै ठूला सुन भण्डारहरू अझै पनि चीनको माटो भित्र लुकेका छन् ।