🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

८८ केजी सुन बरामद घटनामा न्यूरोड, वाङ्गेमुढा,नरदेवी र ओटुका ५ जना सुन साहु पक्राउ !!

काठमाडौं, ४ असोज। काठमाडौं महानगरपालिका–१९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च ६४२७ नम्बर गाडीबाट गत भदौ १९ गते ८८ के.जी. सुन बरामद भएको घटनामा संलग्न थप ५ जनालाई असोज २ गते सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दार्चुला काँटे गाउँपालिका–३ घर भई काठमाडौं न्यूरोडस्थित रन्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसल संचालन गरी बस्ने ४२ वर्षीय गणेशदत्त बडुलाई १० लाख ८२ हजार रुपैयाँ, भारतीय रुपैयाँ ८ हजार, अमेरिकन डलर १ हजार १ सय, काठमाडौं महानगरपालिका–२५ वाङ्गेमुढास्थित घरमा शाक्य सुनचाँदी पसल संचालन गरी बस्ने ५९ वर्षीय शुभरत्न शाक्यलाई १ करोड ४२ लाख नगद र १ के.जी. २०९ ग्राम सुन साथै चाँदीको सिक्का २ हजार ४ सय ७८ ग्राम सहित र भारत विहार मधुवनी जिल्ला जयनगर थाना घर भई काठमाडौं नरदेवीमा रविश्या ट्रेडर्स संचालन गरी बस्ने ५९ वर्षीय सत्यनारायण अग्रवाललाई नेपाली १३ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरिएको हो ।

यसैगरी भारत महाराष्ट्र साङली जिल्ला, आठपाडी थाना घर भई हाल काठमाडौं ओटुमा पशुपति  सुन चाँदी खार्नी पसल संचालन गरी बस्ने ३८ वर्षीय नन्दकुमार मर्गले र सोही ठाउँ घर भई काठमाडौं ओटुमा सिद्धनाथ सुनचाँदी खार्नी पसल संचालन गरी बस्ने ५८ वर्षीय उल्लास दिनकर सालुखे समेत पक्राउ परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि खबर छ ।