🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेशमा जसपा नेपालको सरकार ढल्यो, मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

काठमाडौं । मधेश प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ । दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन् । 

जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनको विश्वासको मतको पक्षभन्दा विपक्षमा बढी मत पर्दा सरकार ढलेको हो । सरकार जोगाउन ५४ मत चाहिनेमा प्रदेशसभामा उनको पक्षमा मात्र ५० र विपक्षमा ५३ मत परेको छ । यादवलाई उनको दल जसपा नेपाल, कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् भने एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मत दिएका छन् । १०७ सदस्यीय प्रदेशसभामा बुधबार १०३ जनाको उपस्थिति थियो ।  

मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका एक÷एक जना छन् ।

जसपा संसदीय दलका नेता यादव गत पुसमा मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको समर्थनमा गत पुसमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण लगत्तै पार्टी विभाजन भएर उपेन्द्र यादव सरकारबाट बाहिरिएसँगै मधेश प्रदेश सरकारमा संकट सुरु भएको थियो ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकारमाथिको समर्थन फिर्ता लिएका थिए । संघीय सत्ता समीकरणसँगै जनमत पार्टीले मधेश सरकारको नेतृत्व लिन खोजेको छ । यसमा संघीय सत्ता गठबन्धन सहमत देखिँदा प्रदेश सरकारको नयाँ समीकरण बनेको हो ।