🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विदेशी नागरिक कांग्रेस महासमिति सदस्य बनेपछि विवाद

काठमाडौं । नेपाली कांग्रेसको  महासमिति बैठकमा  दुईजना  व्यक्तिको विषयले विवाद निम्त्याएको छ । २०८० फागुन ७ गतेबाट सुरू भएकाे नेपाली कांग्रेसको  महासमिति बैठकमा विदेशी नागरिक समेत भाग लिएकाे भन्दै विवाद खडा गरिएकाे छ । कांग्रेसको महासमिति सदस्यमा दुईजना विदेशी व्यक्ति महासमिति सदस्य भएका कारण विवाद निस्केको हो ।

   ती दुईजना व्यक्तिमध्ये एकजना बेलायती र अर्को एकजना क्यानडाका नागरिकता लिएका कारणले विवाद निस्केको हो । उनीहरु कांग्रेससँग आबद्ध भएपनि कांग्रेसको शुुभेच्छुक संस्थामा काम गरेका ती व्यक्तिलाई अनधिकृत रुपमा महासमिति सदस्य बनाएको आरोप लागेको छ ।

  क्यानडामा रहेका बुद्धिप्रकाश लामिछानेको विषयमा निकै विवाद देखिएको छ । उनी अहिले कांग्रेसको महासमिति सदस्य रहेका छन् ।  त्यसैगरी, युवराज गुरुङको विषयमा पनि विवाद भइरहेको छ । गुरुङ बेलायती नागरिक हुन्  । यी दुई जना विदेशी नागरिक भएका व्यक्तिहरू कसरी महासमिति सदस्य भए भन्ने विषयमा कांग्रेसभित्र विवाद उठेको हो ।

   विदेशमा रहेका कांग्रेसका शुभेच्छुक  संस्थामा आबद्ध  नागरिकलाई महासमिति सदस्य बनाउन सकिन्छ तर उनीहरु विदेशी  नागरिकता लिइसकेको अवस्थामा भने हुुनुहुँदैन । उनीहरु विदेशी नागरिकता र राहदानी लिइसेका व्यक्ति हुन् ।

  कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसङ्ख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुने व्यवस्था छ ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने व्यवस्था छ । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था रहेका छन् ।