स्वीमिङ गर्दागर्दै एकजना युवकलाई आपत् आइलागेको छ । चीनमा स्वीमिङ गरिरहेका एकजना युवकमाथि विचित्रको घटना आइलागेको छ । ती युवकको यौनांगमा माछाको काँटेदार पुच्छर अड्किएको थियो । पीडाले चिच्याइरहेका उनलाई बचाउन सुरक्षाकर्मी नै आउनुपरेको थियो ।
खबरका अनुसार, यो घटना हेनान रिसोर्ट सिटी नजिकैको हो । ती युवक नजिकै समुद्रमा नुहाउन गएका थिए । यस घटनाको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्टिङगरी माछा अर्थात् डेभिल माछाको नामले चिनिने उक्त माछा उक्त युवकको स्वीमिङ कस्टममा अल्झिएको थियो ।
माछाको पुच्छर अड्किएपछि पीडाले उक्त युवक चिच्याएका थिए । अनेक गर्दा पनि नभएपछि आसपास रहेका मानिसहरूले समेत उनको सहयोग गरेका थिए । अन्ततः कसैको बस नचलेपछि राहतकर्मी नै बेलाउनुपरेको थियो । उनीहरूले कैंचीले माछाको पुच्छर काटेर उनलाई छुटाएका थिए । त्यसपछि ती युवकको उपचारको लागि अस्पताल लगिएको थियो । चिकित्सकले ती युवकको अवस्था सामान्य रहेको बताएका छन्् ।



