काठमाडौं । नेपाल प्रहरीका केही अधिकृतहरूले चर्चा कमाउने नाममा गोपनीय राख्नुपर्ने कुरासमेत सामाजिक संजालदेखि मिडियामा दिने गरेका गरेका छन् । अपराध अनुसन्धान महाशाखाले चर्चामा आउन २०७५ असोज ५ गते यस्तै गरेको छ ।
महाशाखाले आत्महत्या गर्छु भनी आफ्ना परिवारलाई मोवाइलमा एसएमएस गरेका ब्यक्तिको उद्धार गरेको भनी उनको तस्विरसमेत सार्वजनिकरुपमा मिडियामा दिने काम गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका संजय गुरुङले २०७५ असोज ५ मा आत्महत्या गर्न लागेको एसएमएस उनकी दिदी सोनीलाई पठाएको र महाशाखाले सोही दिन तारकेश्वर शेषमतिबाट उद्धार गरेको विवरण मिडियाहरूमा सार्वजनिक भयो ।
यसरी ब्यक्तिको सक्कली परिचय र नामसमेत सार्वजनिक गर्नु नहुने बिषयमा समेत प्रहरीले हेक्का नराखी सस्तो प्रचारबाजी गराउँदा यसले उनमा नकारात्मक असर परे को जिम्मेवार हुने ? यो प्रश्न प्रहरी संगठनप्रति नै तेर्सिएको छ । प्रहरीका हाकिमहरूले चर्चा कमाउन यस्तो प्रचार गरिदिंदा सम्बन्धित ब्यक्तिमा पर्न जाने असरको ख्याल नै नगरेको यो एक उदाहरण हो, यस्ता धेरै पक्षमा प्रहरीको ध्यान पुग्न सकेको छैन । संगठन प्रमुख सर्वेन्द्र खनालले चर्चामा आउन गरिने यसप्रकारका क्रियाकलापमा रोक नलगाए यसले प्रहरीलाई फाइदाभन्दा पनि क्षति नै बढी हुन जाने देखिन्छ ।



