🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा अब फर्जी सिम किन्नेलाई ३ बर्ष जेल सजाय र ८० लाखसम्म जरिवाना

नयाँ दिल्ली, ६ पुस । भारत सरकारले देशमा नक्कली सिमकार्डमार्फत हुने ठगीलगायतका अपराधमा कारबाही गर्न लागेको छ  ।

दूरसञ्चार विधेयक २०२३ संसदको दुवै सदनबाट पारित भएको छ । यो विधेयकमा नक्कली सिम किन्नेलाई ३ वर्ष कैद र ८० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । राष्ट्रपतिले उक्त विधेयकमा हस्ताक्षर गरेपछि ऐन बन्नेछ ।

नयाँ दूरसञ्चार विधेयक २०२३ गत बुधवार लोकसभामा पारित भएको थियो भने आज राज्यसभामा पनि यसलाई हरियो संकेत मिलेको छ । यस विधेयकले सरकारले राष्ट्रिय सुरक्षा कारणले कुनै पनि दूरसञ्चार सेवा वा नेटवर्कलाई नियन्त्रणमा लिन, व्यवस्थापन गर्न वा निलम्बन गर्न अनुमति दिनेछ । 

सार्वजनिक सुरक्षाको लागि आवश्यक परेमा सरकारले टेलिकम नेटवर्कमा सन्देशहरू रोक्न सक्षम हुनेछ । यससँगै नक्कली सिम किन्नेलाई ३ वर्ष जेल र ८० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

नयाँ दूरसञ्चार विधेयकले १३८ वर्ष पुरानो भारतीय टेलिग्राफ ऐनलाई प्रतिस्थापन गर्नेछ । भारतीय टेलिग्राफ ऐनले हाल टेलिकम क्षेत्रलाई नियन्त्रण गर्छ । यो बिलले भारतीय वायरलेस टेलिग्राफ एक्ट १९९३ र टेलिग्राफ वायर्स एक्ट १९५० लाई पनि प्रतिस्थापन गर्नेछ । साथै, यो विधेयकले ट्राई ऐन १९९७ लाई पनि परिमार्जन गर्नेछ ।