🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्पेनिस ला लिगा फुटबल : रियल मड्रिड शीर्ष स्थानमा उक्लियो 

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । बिहीवार राति सम्पन्न खेलमा एलाभेसलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । 

रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ । जिरोनाले विहीबार राति रियल बेटिससँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५४ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए । उनले खराब ट्याक्कल गरेपछि भारको सहायताले रातो कार्ड दिइएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको दोस्रो मिनेटमा रियलले गोल गरेको थियो । 

रियलका लुकास भेजक्युजले गोल गरेका थिए । सोही गोल नै रियललाई ३ अंक दिलाउन पर्याप्त भयो । रियलसँग पराजित भएको एलाभेस १६औं स्थानमा रहेको छ । ला लिगा अन्तर्गत बिहीवार रातिकै अर्को खेलमा कार्डिज र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दा मालोर्काले ओसासुनालाई ३–२ ले स्तब्ध बनायो ।