🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्लाहीको ‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘वाटर स्कुटर’ सञ्चालन

रौतहट । सर्लाहीको बागमती नगरपालिकामा रहेको ‘भरत ताल’ मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा आएको छ । 

तालको भ्रमणमा आउने पर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो । जलयानको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए । 

जलयानमा चालकसहित तीन जनासम्म बसेर जलसयर गर्न सकिनेछ । ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको यस ‘वाटर स्कुटर’ सम्भवतः नेपालमा पहिलो भएको खड्काको दाबी छ । 

यसलाई अंग्रेजीमा ‘वाटरक्राफ्ट’, ‘वाटर स्कुटर’, ‘जेट स्की’ वा ‘सी–डू’ समेत भनिने संचालक कम्पनीले जनाएको छ । यस साहसीक जल सयरको ५ सय देखि १५ सय सम्म टिकट तय गरिएको कम्पनीले जानकारी दिएको छ ।  

बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।