🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनसेलको शेयर खरिदबिक्रीको सरकारले छानबिन गर्ने

 
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन गर्ने भएको छ । 

उक्त कम्पनीको शेयर खरिदबिक्रीका विषयमा सञ्चारमाध्यमहरुमा आएका समाचारले ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेतासँगै सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन । सरकारका प्रवक्तासमेत रहेकी उनले यसबारे प्रेस विज्ञप्ति पनि जारी गरेकी छन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री दाहालले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको विज्ञप्तिमा छ ।

‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने पनि उल्लेख छ । 

\"\"