🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धनुषामा फेरि निषेधाज्ञा थप

जनकपुरधाम। धनुषा जिल्लामा सात दिन फेरि निषेधाज्ञा आदेश थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ ।

यस अघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा परिवर्तन गरी साँझ ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्ध सरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । विद्यालयहरूमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरण गर्न व्यवस्था गर्न सकिने , बैङ्क तथा वित्तीय संस्थाहरूमा नियमित सेवा सुचारू गर्न पाउने आदेश दिइएको छ ।