काठमाडौं । कोशी प्रदेश सरकारको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दिएर सत्ता साझेदारमा ल्याउने प्रयास भएको छ । आफ्नो सरकारको सुरक्षाका लागि कांग्रेसले राप्रपालाई सभामुख दिएर सरकारमा ल्याउने प्रयासमा गरेको स्रोतको दावी छ ।
भोलिका दिनमा एमालेको साथ नभए पनि कोशी प्रदेशसभामा बहुमत कायम राख्नका लागि राप्रपाको साथ कांग्रेसलाई चाहिएको छ । सत्ता गठबन्धनस“ग एमालेबाहेक पनिसामान्य बहुमतको संख्या भने रहेको छ । तर, सत्ता गठबन्धनमा रहेका दलमध्येबाट सभामुख बनाउने हो भने संसदमा बहुमत नपुग्ने अवस्था रहेको छ ।
संसदमा बहुमत नभएको गठबन्धनको ल्याएका हरेक विधेयकहरु फेल हुने संभावना हुन्छ । सोहीकारण अहिले राप्रपालाई सभामुख दिएर भएपनि सत्ता गठबन्धनमा ल्याउने प्रयास भएको स्रोत बताउछ । त्यसका लागि मुख्यमन्त्री केदार कार्की र उनको समूह सक्रिय रहेको छ । स्रोतका अनुसार,कांग्रेसकै अर्को समूह अर्थात संसदीय दलका नेता उद्धव थापा भने राप्रपालाई गठबन्धनमा ल्याउनबाट रोक्ने प्रयासमा रहेका छन् । राप्रपाका संसदीय दलका नेता भक्ति सिटौला र कांग्रेसका संसदीय दलका नेता उद्धब थापा एउटै क्षेत्रका नेताहरु हुन् । दुवै कांग्रेसको राजनीतिमा हु“दा दुश्मनीपूर्ण सम्बन्धमा थिए ।
थापाकै कारण सिटौलाले पार्टी छोडेर राप्रपामा गएको झापामा चर्चा हुने गर्दछ । सोहीकारण अहिले थापालाई मुख्मयन्त्री हुनबाट रोक्न सिटौलालेआफ्नो पत्ता नै खोलेनन् । कसैगरी पनि थापालाई सहयोग नगर्ने निर्णय गरेका सिटौलाले थापाबाहेकका नेतालाई भने सहयोग गर्ने बताएका थिए । त्यसैले, अहिले कार्कीलाई सहयोग गर्न सक्ने विश्लेषण भएको हो । त्यहीकारण थापा समूह सिटौललाई रोक्ने प्रयासमा रहेका छन् । सिटौलालाई रोक्ने वित्तिकै एमालेको साथ नपाएको भोलिपल्ट प्रदेशसभामा अल्पतमा पर्नेसरकारले कुनै पनि विधेयकहरु पारित गरेर सरकार चलाउन समस्या हुनेछ ।
सत्ता गठबन्धनस“ग अहिले ४७ सीट रहेको छ । सभामुख सत्ता गठबन्धनबाट नै बनाउने हो भने ४६ सीट कायम हुन्छ । संसदमा अवाश्यक बहुमत भनेको ४७ हो । त्यसकारणले अहिले पनि सत्ता गबठन्धन तनावमा रहेको छ । भलै सत्ता पक्ष र प्रतिपक्ष दुवै प्रदेशलाई मध्यावधिमा जानबाट रोक्ने प्रयासमा रहेका कारण सरकार तलमाथि नभए पनि संसदबाट विधेयकहरु अगाडि भने बढ्न नसक्ने अवस्था रहन्छ । (साँघु साप्ताहिक, २०८० मंसिर ११)



