🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थाल्योः सञ्जय गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गरेका छन् । उनले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताए ।

सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गरे । सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उनको भनाइ छ ।

खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उनले बताए । इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उल्लेख गरे । बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिए ।