🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौः अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकतावद्ध भएर अगाडी बढ्न तयार भएको बताएका छन् ।  पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा  समर्थन गर्न तयार भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन हामी राष्ट्रिय हितको पक्षमा जो सुकैले ल्याएको कुरालाई पनि समर्थन गछौं । सहमति जनाउँछौं र एकतावद्ध भएर अगाडी बढ्न तयार छौं ।’ उनले राष्ट्रिय हितलाई छोडेर अरु कुरामा एमाले सहमति नहुँने दाबी गरे ।