काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकतावद्ध भएर अगाडी बढ्न तयार भएको बताएका छन् । पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा समर्थन गर्न तयार भएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन हामी राष्ट्रिय हितको पक्षमा जो सुकैले ल्याएको कुरालाई पनि समर्थन गछौं । सहमति जनाउँछौं र एकतावद्ध भएर अगाडी बढ्न तयार छौं ।’ उनले राष्ट्रिय हितलाई छोडेर अरु कुरामा एमाले सहमति नहुँने दाबी गरे ।



