काठमाडौं । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत स्वयम्भू महाचैत्य विहार परिसर, स्वयंम्भूको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ तथा संरक्षण कार्यक्रमको अन्तर्गत आज स्वयम्भू परिसर सरसफाइ गरिएको नेपाल प्रहरीले संघले जनाएको छ ।
यसभन्दा अगाडि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाइ तथा फोहोर व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो ।
सरसफाइमा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुवंरको नेतृत्वमा श्रीमती संघका पदाधिकारीहरु, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरु, स्वयम्भू प्रहरी वृत्त, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सहभागी थिए ।
फोटो फिचर ः







.jpg)






तस्बिर स्रोत ः नेपाल प्रहरी श्रीमती संघको फेसबुक पेज



