कञ्चनपुर, १८ फागुन । कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ ।
कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि बालबालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने बालिकालाई यौन दुर्व्यवहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।
उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपतन कसुर मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको हो ।



