🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माटो तथा जल सम्मेलनमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौँ, २५ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैंककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएर आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ)को आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि सुरू भएको उक्त सम्मेलनमा भाग लिएर आज साँझ स्वदेश फिर्ता हुनुभएको हो ।
  

सम्मेलनबाट स्वदेश फिर्ता हुनुभएका ऊर्जामन्त्री खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाद्यान्नको उत्पादन बढाउनका लागि गर्नुपर्ने माटो र पानीको सुरक्षाका बारेमा सम्मेलनमा आफूले कुरा उठाएको बताउनुभयो ।

  
उहाँले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताउनुभएको थियो । ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न आफूले सम्मेलनमा ध्यानाकर्षण गराएको मन्त्री खड्काको भनाइ थियो ।

 
ऊर्जामन्त्री खड्काले सम्मेलनका क्रममा जल, ऊर्जा र खाद्य सम्बन्धलाई दिगोरूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

मन्त्री खड्कालाई आज विमानस्थलमा ऊर्जा सचिव सुरेश आचार्य, सिँचाइ सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । –––