🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस संसदीय दल आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । शुक्रबार देखि सुरु भएको संसदीय दलको बैठक दिउँसो १२ः३० बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।  बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका विषयमा छलफल हुनेछ । साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउपछि सरकारको नेतृत्व गर्दै आएको माओवादीप्रति कांग्रेस सांसदहरूले आशंका व्यक्त गर्दै आएका छन् ।

शर्मा पक्राउपछि उत्पन्न परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुने छ ।  डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणमा लिनुको साथै राहातका कार्यक्रमहरू सञ्चालन गर्न कांग्रेसले शुक्रबार नै सरकारको ध्यानाकर्षण गराएको छ । साथै, तराई मधेसमा समयमा पानी नपर्दा किसानले खेत रोप्न नपाएको भन्दै प्रभावितहरूलाई राहत दिन कांग्रेसले आग्रह गरेको छ ।