🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य 

काठमाडौं । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(आइतबार)का लागि फलफूल तथा तरकारीको सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।  सार्वजनिक मूल्य अनुसार च्याउ, गाजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म प्रतिकेजी बढेको छ । आज रायो साग, हरियो प्याज, गाजर, रातो मूला, घिरौलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ । तर, घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको हो । 

बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । 
त्यस्तै, कन्य च्याउमा प्रतिकेजी ४० रुपैयाँले भाउ बढेको छ । शनिबार १६० रुपैयाँ मूल्य रहेको सोहि च्याउ आज ४० रुपैयाँले बढर २०० पुगेको छ ।

गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०,कन्ने च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरीयो प्याज १०० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ । 

समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।