काठमाडौं । गठबन्धनका दलहरुवीच मधेश प्रदेशका सीटमा लफडा भएको छ । मधेश प्रदेशका ३२ वटा सीटमा सबै दलका नेताहरुले दाबी गरेपछि गठबन्धनमा सहमति नभएको हो ।
सबैले आफ्नो प्रभाव रहेको भन्दै धेरै सीटमा दाबी गर्न थालेपछि जसपा असन्तुष्ट भएको छ । जसपाको आफ्नो प्रभाव क्षेत्रमा ठूला दलका नेताहरुले दाबी गर्न थाले जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहमति नभए गठबन्धन छोड्नेसम्मको धम्की दिन थालेका छन् । कांग्रेसले सबैभन्दा धेरै सीटमा दाबी गरेको छ ।
जसपाले मधेशका ९ वटा सीटमा दाबी गर्दा अरु दलले त्यसमा दाबी गर्न सकेका छैनन । त्यही कारण जसपाले करिब १५ सीटमा दाबी गरेको हो । ती १५ सीटमा अधिकांश मधेशका रहेका छन् । तर त्यसरी धेरै सीट जसपालाई दिन माधव नेपाल र प्रचण्ड पनि तयार देखिएका छैनन । मधेशमा माधव नेपाल र प्रचण्डको दाबी पनि बढी रहेकोले अपुरो प्रतिवेदन तयार भएको बताइएको छ ।
मधेशकै कारणले सीट संख्यामा सहमति जुट्न नसकेको र अपुरो प्रतिवेदन बुझाउनु परेको एक नेताले बताए । ती नेताका अनुसार शीर्ष तहमा सहमतिका लागि प्रया हुनेछ र सहमति नजुटेमा जसपा गठबन्धनबाट बाहिर निस्केर चुनावमा जाने अवस्था आउनेछ ।
आज २०७९ भदाै २३ गते उपेन्द्र यादवले असन्तुष्टि पोखेर बोलेका थिए । विहान बालुवाटारमा लफडा भएपछि दिउँसो उपेन्द्र यादवले असन्तुष्टि पोखेर गठबन्धनको भविष्यमाथि प्रश्न उठाएका थिए ।



