काठमाडौं, बैशाख २३ \\ नेपाल तरुण दलले आज आइतबार बिज्ञप्ति जारी गर्दै सिण्डिकेट चलाइरहेका यातायात व्यवसायीलाई हस्तक्षेप नगर्न सरकारसँग माग गरेको छ ।
सिण्डिकेटमा नआउने यातायात ब्यवशायीप्रति उनीहरुका ब्यवहार शान्तिपूर्ण भएकोले सरकारले हस्तक्षेप गर्न आवश्यक नभएको तरुण दलको जिकीर छ।
सिण्डिकेट चलाउने यातायात ब्यवशायीसँग सरकारले नै हठ गरेको देखिएकोले कुनै पनि बहानाको हठ प्रवृत्ति त्यागी राज्यको तहबाट गर्ने सबै प्रयासहरु गर्न सरकारलाई आग्रह पनि गरेको छ ।



