🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पार्टीको निर्णय नमान्ने ७४ नेता कार्यकर्तालाई कांग्रेसले ग¥यो निष्काशन

काठमाडौँ, २२ कात्तिक (रासस) : नेपाली कांग्रेसले पार्टीका ७४ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कारबाही गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ । ती नेता कार्यकर्तालाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ । 

बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने पार्टीले जनाएको छ । त्यस्ता नेता, कार्यकर्ताको सूचना तत्काल केन्द्रीय अनुशासन समितिमा पठाइदिन समेत निर्देश गरिएको संयोजक ढुङ्गानाले बताउनुभयो ।
–––