🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा

काठमाडौं  । किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा गरेको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमशील शिक्षामा अग्रणी काठमाडौंस्थित किंड्स कलेज तथा नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्चले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धि शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो । 

उद्यमशीलताका साथमा सूचना प्रविधिको अध्ययन-अध्यापनलाई प्राथमिकता दिँदै आएको किड्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्थान नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नैं एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएको छ ।  यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धि विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

किड्स कलेज र नामीले व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेका हुन् । 
कार्यक्रमको प्रथम चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ ।