रेशादार फलपूmल तथा सब्जीहरूले शरीरको अतिसक्रिय प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्दछ । हालै सार्वजनिक भएको एक नयान् अध्ययनले अधिक रेशायुक्त भोजनले दमको रोगलाई टाढै राख्ने कुरालाई स्पष्ट पारेको छ । रेशादार भोजनले शरीरमा रोगका कोषहरू बृद्धि हुनबाट रोक्दछ । प्राकृतिकरुपबाट हाम्रो शरीरमा यस्ता रेशादार भोजनलाई आन्तरिक प्रतिरक्षा जीवाणुहरूलाई नै पचाइदिने र यसबाट सिर्जित अम्लले बाहिरी रोगका जीवाणुहरूविरुद्ध लड्ने कार्य गर्दछ ।
यसै आधारमा भएको अध्ययनमा रेशादार भोजनले शरीरमा दम जस्ता रोगहरूलाई समेत नियन्त्रण गर्ने गर्दछ । त्यस्तै रेशादार भोजन र दम रोगकाबीचको सम्बन्धको परीक्षण गर्नका लागि स्वीजरल्याण्डको लुसाने विश्वविद्यालयमा प्रतिरक्षा विज्ञानका बेन्जामिन मार्सल्याण्ड र उनका साथीहरूले मुसामा समूह बनाएर एक समूहलाई कम रेशा भएका भोजन लगातार दिएका थिए । दुई हप्ता पश्चात शोधकर्ताले मुसामा धुलोको कणद्वारा हुने एक किसिमको एलर्जी उत्पन्न हुने तत्व देखिएको थियो । जुन तत्वले मानिसमा दम रोग फैलाउनमा अह्म भूमिका खेल्ने गर्दछ ।



