🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लोभको फल ! 

अंग्रेजहरू बंगाल कब्जा गर्ने प्रयत्न गरिरहेका थिए । किन्तु नवाव सिराजुद्दौलाको कुशल नीति र वीरताको अगाडि अंग्रेजको दाल गलेको थिएन । बारम्बार हार खाएपछि अंग्रेजले कूटनीतिबाट काम लिने सोचे । उनीहरूले सिराजुद्दौलका सेनापति मीर जाफरलाई अंकुश हाल्न थाले । उनीहरूले पत्ता लगाए कि मीर जाफर एक कुशल सेनापति हुँदाहुँदै लोभी पनि छ । अंग्रेजले उसलाई बंगालको नवाव बनाउने लोभ देखाएर आफ्नोतर्फ मिलाए । मीर जाफर नवावीको सपना देख्न थाले । उता अंग्रेजले नयाँ तयारीका साथ बंगालमाथि आक्रमण गरे ।

सिराजुद्दौलले आफ्ना सेनापति मीर जाफरलाई युद्धमोर्चामा खटाए । नवावका सिपाही  वीरतापूर्ण ढंगले लडे । तर मीर जाफरको विश्वासघातको कारण युद्ध अंग्रेजले जिते र बंगालमा राज गर्न थाले । युद्ध जीतपछि सेनापति मीर जाफर जब अंग्रेजहरूसँग आफ्नो बचन पूरा गर्न भन्न गए तव अंग्रेजले यसो भनेर सेनापतिलाई तलवारले गर्धन छिनाले ‘जब तिमी आफ्ना राजा सिराजुद्दौलको त हुन सकेनौं भने हाम्रो त झन् के हुन्थ्यौं ?’